कांग्रेस महाधिवेशन: आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न पदका लागि उम्मेदवारी दरखास्त तथा मनोनयनपत्र दर्ता गरिनेछ।

निर्वाचन कार्यतालिकाअनुसार आज अपराह्न ४ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। त्यसपछि ४ः३० बजेदेखि ५ः३० बजेसम्म दाबी–विरोधको समय राखिएको छ भने बेलुका ७ बजे उम्मेदवारहरूको दोस्रो नामावली सार्वजनिक गरिनेछ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top